७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भारतमा अक्टोबर १५ देखि सिनेमा हल, मनोरञ्जनस्थल र प्रर्दशनीकक्ष खुल्ने



एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)ले आकान्त बनेको भारतले १५ दिनपछि लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ ।

भारत सरकारले शर्तसहित १५ अक्टोबरदेखि सिनेमा हल, मल्टिप्लेक्स, प्रदर्शनी कक्ष र मनोरन्जनस्थल खोल्ने निर्णय गरेको हो ।

मनोरञ्जनका सबै क्षेत्र खोल्ने अनुमति दिए पनि भारतले त्यसका लागि केही शर्त भने बनाएको छ । सिनेमा, थिएटर र मल्टिप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सिट भर्न पाइने छैन । सरकारले आधा सिट खाली हुनुपर्ने बताएको हो । यसका लागि सरकारले छुट्टै निर्देशिका नै जारी गर्ने छ ।

भारतले केही शर्तसहित एक सय भन्दा धेरैलाई जमघटको लागि अनुमती दिने तयारीसमेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकापछि कोरोना भाइरसले सबैभन्दा प्रभावित भनिएको भारतले यसको रोकथाम तथा नियन्त्रणको लागि गरेको लकडाउनको अन्त्य गर्दै यस्तो निर्णय गरेको हो ।

सँगै भारत सरकारले १५ तारिखदेखि स्कुल र कलेज खोल्ने निर्णय गरेको छ । शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्न पाउनेछन् । १० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारले अनलाइन कक्षा र दूरी सिकाई (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको छ । यो पढाइ पद्धतिलाई प्रोत्साहन गरिएको जनाए पनि भारतले विद्यालय खोल्न अनुमति राज्य र स्कुललाई नै दिएको हो ।

कोरोना संक्रमित धेरै भएका ठाउँमा भने लकडाउन अक्टोबर ३१ सम्म कडाईंका साथ लागू गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : ५५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा