३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

जैविक विविधता संरक्षणलाई नेपालको उच्च प्राथमिकता : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणलाई नेपालले उच्च प्राथमिकतामा राखेको र त्यसमा वाञ्छित प्रगति पनि गरिरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न आवश्यक भएको बताए । उनले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथ काम गर्न आवश्यक रहेको समेत औँल्याए ।

जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै उनले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरू अन्तर्गत गरिने प्रयासबीच सामञ्जस्य कायम गर्न जरुरी भएको बताए।

“जैविक विविधता संरक्षण त्यस्तो कार्य हो जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै सरोकारवालाहरूको प्रतिबद्धता र कार्यान्वयन आवश्यक हुन्छ । मानिसको स्रोतमाथिको अधिकार तथा प्राकृतिक स्रोतको दिगो संरक्षणबीच समुचित सन्तुलन कायम गर्दै हामीले अझ महत्वकाङ्क्षी लक्ष्यहरू निर्धारण गर्नुपर्छ”, उनले भने ।

प्रकृतिसँग सामञ्जस्य कामय गरेर जीवनयापन गर्नु नेपाली संस्कृतिको अभिन्न अङ्ग भएको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान प्राचीन कालदेखि नै हाम्रा ऋषिमुनिहरूले नयाँ पुस्तालाई हस्तान्तरण गरेका तथा त्यसको संरक्षणको महत्वबारे शिक्षा दिएका बताए ।

प्रकृतिसँग सामञ्जस्य कामय गरेर जीवनयापन गर्नु नेपाली संस्कृतिको अभिन्न अङ्ग भएको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले जैविक विविधतासम्बन्धी अमूल्य ज्ञान हाम्रा प्राचीन ऋषिमुनिहरूले पुस्तेनी हस्तान्तरण गरेका तथा त्यसको संरक्षणको महत्वबारे सिकाएका बताए ।

भू–परिदृश्यस्तरीय संरक्षण र बसाइँ सर्ने प्रजातिसम्बन्धमा सीमावारपार सहयोगका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई सफलताको दृष्टान्त मानिएको तथा सोही सफलता मानव र वन्यजन्तुबीच हुने द्वन्द्व व्यवस्थापनमा सामुदायिक संलग्नतामा पनि देख्न सकिने उनले बताए ।

जलविद्युत्बाट उपलब्ध हुने स्वच्छ उर्जाले जैविक विविधतामा पर्ने दबाबलाई कम गरेको, कानूनको सबल कार्यान्वयन र अन्तर्राष्ट्रियस्तरमा सहयोगको अभिवृद्धिबाट नेपालले झण्डै एकदशक यता गैंडाको शिकारलाई शून्यमा सीमित गरेको जानकारी पनि प्रधानमन्त्रीले दिए।

लक्ष्यित वर्ष सन् २०२२ अगावै नेपालमा बाघको सङ्ख्या झण्डै दोब्बरले वृद्धि हुने प्रक्षेपण गर्दै उहाँले नेपालको पर्वतीय पारिस्थितिक प्रणाली विशिष्ट प्रयोगशाला भएको बताए । उनले भने, “खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत पनि हो, मानवमात्रको हितका लागि पर्वतीय पारिस्थितिक प्रणाली महत्वपूर्ण साझा निधिका रूपमा रहेको छ । यसको लाभ हाम्रो सीमापारिसम्म पुगेकोछ ।”

मानव अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तन तथा वन्यजन्तु विरूद्धका अपराधले जैविक विविधतामा क्षति पुगेको तथा त्यसको संरक्षण चुनौतीपूर्ण बनेको वास्तविकता पनि प्रधानमन्त्री ओलीले प्रस्तुत गरे ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ८ : ५५ बजे

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत