२६ बैशाख २०८१, बुधबार | May 8, 2024

धितोपत्र क्षेत्रमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट मुक्त गराउन सुपरिवेक्षण म्यानुअल लागु



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ ।

अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल आजदेखि लागू गरिएको पनि बोर्डले स्पस्ट पारेको छ ।

बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यस अघि पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा बोर्डले सुपरिवेक्षण गर्दै आएकोमा आजदेखि अन्तर्राष्ट्रिय स्तरको रुपबाट जोखिममा आधारित सुपरिवेक्षण गर्नका लागि सुपरिवेक्षण म्यानुअल बनाएर जारी गरिएको बताए ।

यसबाट जोखिममा आधारित सुपरिवेक्षण कसरी गर्ने भन्ने सम्बन्धमा ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कार्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने श्रेष्ठले स्पस्ट पारे ।

जोखिमको गणना गर्दा १ देखि ५ सम्म अंक दिइने गरी म्यानुअल तयार पारिएको उनले बताए । यस अनुसार जसको सबैभन्दा बढी जोखिम अर्थात ५ अंक आउँछ त्यसको वर्षैपिच्छे स्थलगत निरिक्षण गरिने पनि उहाँले बताउनुभयो । कम जोखिम आउनेलाई दुईतीन वर्षको अन्तरालमा स्थलगत निरिक्षण गरिने श्रेष्ठले बताए ।

नेपालको धितोपत्र क्षेत्र सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट मुक्त होस भन्ने उद्देश्यले म्यानुअल तयार पारी लागू गरिएको उनले जिकिर गरे । सकेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धित क्रियाकलाप नहोस भन्ने रहेको र भइहाल्यो भने पनि सुपरिवेक्षण म्यानुअलबाट भेटाउन सजिलो हुने विश्वास बोर्डको रहेको श्रेष्ठले बताए ।

सुपरिवेक्षण म्यानुअलबाट व्यवसायीको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गरिने, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणत्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्याङ्कन हुनेछ । यसबाट उनीहरुसँग सम्बन्धित सम्पत्ती शुद्धीकरण जोखिम कति हुन्छ भनेर गणना गर्नसक्ने स्थितिमा बोर्ड पुगेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ३ : ३० बजे

सन्दीपको आक्रोश- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र