१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ ।

गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

“आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ । ठूलो र खुल्ला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ ”, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

यसअघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो ।

उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौमा गर्नका लागि सिफारिस गरेको थियो । त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेकोले अवस्था छ ।

नेपाल सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पुरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएको थियो । तर, सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन जारी भएपछि उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो ।

पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा जारी लकडाउन तथा निषेधाज्ञा लगायतबाट  साधारणसभा हुन सकेको थिएन ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि  उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ४६ बजे

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद