२७ श्रावण २०८३, बुधबार | August 12, 2026

बाढीग्रस्त ढोरपाटन क्षेत्रको पुनर्निर्माणमा सघाउने मन्त्री गुरुङको प्रतिबद्धता



बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा मन्त्रीद्वयले बाढी प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिए ।

अवलोकनपछि स्थानीयवासी, जनप्रतिनिधिलगायत सहभागी रहेको कार्यक्रममा भनाइ राख्दै मन्त्री गुरुङले बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । “पुनर्निर्माणको काम तत्काल अघि बढ्छ, प्रदेश सरकारले बजेट र दक्ष जनशक्तिको व्यवस्था गर्छ”, मन्त्री गुरुङले भने । पुनःनिर्माणको कार्य अघि बढाउन बुर्तिबाङमा भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गरिने मन्त्री गुरुङले बताए ।

बुर्तिबाङ–ढोरपाटन सडकको स्तरोन्नतिका लागि सङ्घ सरकार र सालझण्डी–ढोरपाटन आयोजनासँग मिलेर काम थालिने उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी ढोरपाटनसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने र सोका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने मन्त्री गुरुङले बताए ।

विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन र राहत कार्यक्रमलाई पनि प्रभावकारी बनाउन प्रदेश सरकारले सघाउने विश्वास दिलाए ।

भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय स्थापना गर्न नगरपालिकाले भवन उपलब्ध गराउने र खर्च प्रदेश सरकारले व्यवस्थापन गर्ने गरी छलफल भएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका– ९, ८, ७, ६ र ५ प्रभावित छ । सबैभन्दा ठूलो जनधनको क्षति वडा नं ९ मा भएको छ ।

बाढीले सडक, खानेपानी, विद्युत्, सिँचाइ आयोजना, विद्यालय, स्वास्थ्यचौकी, पुललगायत दर्जनौँ भौतिक संरचनामा क्षतिग्रस्त छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु-याएको छ ।

बाढीमा परी २२ को ज्यान गएको छ भने १५ जना अझै बेपत्ता छन् । सङ्घ सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माणको काम अघि बढाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ४९ बजे

मदन भण्डारीले बुटवलमा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपालको राष्ट्रिय खेल भलिबललाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उदेश्यका

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम । बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ