१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता



बागलुङ । बागलुङ नगरपालिका-४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ-४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ७ : २८ बजे

प्रधानमन्त्री ओली बेइजिङमा रहेकै बेला बिआरआईको चौथों गोष्ठी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेल्ट एण्ड रोड

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले

रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले दियो पोखरालाई १६२ रनको लक्ष्य

काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले जारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले

सोलार फार्म लिमिटेडले पायो ९० मेगावाट सोलार इनर्जीको ठेक्का

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी (सौर्य ऊर्जा) परियोजनाका