१ पुस २०८२, मंगलबार | December 16, 2025

अर्घाखाँचीका सीडीओ र सहायक सीडीओलाई कोरोना संक्रमण



काठमाडौं । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

प्रजिअ विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रजिअ पौडेललाई रुघाखोकी र ज्वरो आएपछि स्वाब परीक्षण गराएका थिए । त्यसपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । तर, सहायक प्रजिअ थापाले भने विना लक्षण स्वाब परीक्षण गराएका थिए ।

बिहीबार कोरोना पोजेटिभ पुष्टि भएपछि प्रजिअ र सहायक प्रजिअ अहिले होम आइसोलेसनमा बसेका छन्।

शीतगंगा नगरपालिका कोठिया र सन्धिखर्क नगरपालिकाको भुजुंगे क्षेत्रका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि उनीहरुले परीक्षण गराएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : ५३ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा