१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा २५ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु



नेपालगन्ज । बाँकेमा शुक्रबार फेरि एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको धनगढी स्थायी ठेगाना भएर बिगत १ वर्ष देखि नेपालगन्ज ९ मा बस्दै आएकी २५ वर्षिय महिलाको शुक्रबार निधन भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत भाद्र ३० गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको ३० गते मध्यान्हबाट नै भेरी अस्पतालमा भर्ना भई उपचारत भईरहेको थियो । उपचारका क्रममा एन्टिबायोटिक, रम्डिीसिबिर, प्लाज्मा थेरापी जस्ता बिधि प्रयोग गर्दा समेत उनको निधन भएको स्वास्थ्य कायर्उालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । उनको शुक्रबार साँझ ४ः४५ बजे निधन भएको थियो ।

मृतक महिला नेपालगन्ज स्थित निदान डाइग्नोशिसको लेखाशाखमा कार्यरत रहेकी फोकलपर्शन श्रेष्ठले बताए ।

बाँकेमा शुक्रबार भएको मृत्युसंगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ०२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज