नेपालगन्ज । बाँकेमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ कोरिउनपुर बस्ने ६० वर्षीय पुरूषको शनिबार पौने ५ बजे मृत्यु भएको हो ।
दैलेख घर भै १९ वर्षदेखि नेपालगन्ज बस्दे आएका ति पुरूष गत असोज १५ गते भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको १५ गते नै स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनलाई सबैखाले औषधी दिइएको अस्पतालले जनाएको छ । तर, उपचारकै क्रममा ४ बजेर ४६ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी मधुमेह, उच्चरक्तचाप र मुटुरोगबाट पीडित थिए ।
यससँगै बाँकेमा यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
प्रतिक्रिया