२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलका अधिकांस क्षेत्रलाई स्थानीय प्रशासनबाट निषेधित क्षेत्र घोषणा, ५ जना भन्दा बढी हिँडडुल समेत गर्न नपाउने



बुटवल । बुटवलमा रहेको प्रदेश ५ को राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णय विरुद्ध विपक्षी दल नेपाली काँग्रेससहित विभिन्न संघसंस्थाले आन्दोलनको घोषणा गरेपछि स्थानीय प्रशासनले बुटवल उपमहानगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासनले शनिबार साँझ प्रकाशन गरेको सूचनामा प्रदेश सारेको बिरोधमा भएको आन्दोलनमा सरकारी सवारी साधन टोडफोड, मसाल जुलुस तथा सडकमा टायर बाल्ने जस्ता कार्य भएको भन्दै प्रदेश ५ प्रदेशसभा भवन सहित प्रदेश मन्त्रालयका आसपासका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

भोलि असोज १८ गते बिहान ६ बजेबाट २१ गते बेलुका ६ बजे सम्म लागुहुने गरि निषेधित क्षेत्रमा नारा, जुलुस, बिरोध प्रदर्शन गर्न नपाउने प्रशासनले आदेश जारी गरेको छ ।

५ जना भन्दा बढी एककृत भएर हिंडडुल समेत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सुचनामा उल्लेख छ ।

प्रशासनले प्रदेश सभाको भवन क्षेत्रअन्तर्गत दक्षिण ईट्टाभट्टी चौक, उत्तर कालिका मन्दिर चौक, पूर्वमा कालिका मन्दिरदेखि कालिका मन्दिर र पश्चिममा तिनाउ खोला सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यसैगरी विभिन्न प्रदेश मन्त्रालय रहेको क्षेत्र अन्तर्गत दक्षिणमा सुन्दर चौक, उत्तरमा भुट्की चौक, पश्चिममा हाटबजार लाईन र पूर्वमा सिद्धार्थ राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत दक्षिणमा जेसिस चौक, उत्तरमा बिद्युत लाईन हाटबजार चौकसम्म, पश्चिममा हाटबजार लाईन र पुर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।

प्रशासनले तोकेको निषेधित क्षेत्रमा सभा, प्रदर्शन तथा नारा लगाएर स्थानीय प्रशासन ऐन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/10/File.pdf”]

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ९ : २४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले