२६ बैशाख २०८१, बुधबार | May 8, 2024

कोरोना प्रवेश गरेपछि काँग्रेस केन्द्रीय कार्यालय ५ दिन बन्द



काठमाडौं । असोज १९ गते केन्द्रीय कार्यसमिति बैठकको तयारी गरिरहेको नेपाली काँग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

पार्टीका केही केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको हो । आजबाट असोज २२ गते सम्म कार्यालय बन्द गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकको तयारीस्वरुप यहि असोज १५ गते सबै केन्द्रीय नेताहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये नेताहरु गगन थापा, अर्जुन नरसिंह केसी
आमन्त्रित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतका केही नेताहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।

कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गराएको थियो । अझै पनि करिब एक सय ६० जनाको रिपोर्ट आउन बाँकी छ।

केन्द्रीय नेताहरुलाई संक्रमण भएपछि र पार्टी कार्यालय नै बन्द गरिएपछि मंगलबार बस्ने भनिएको काँग्रेस कार्यसमिति बैठक भने अन्यौलमा परेको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १२ : ४७ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक