२६ बैशाख २०८१, बुधबार | May 8, 2024

राजधानीका लागि सडकमा उत्रेका नागरिक आन्दोलनलाई नेकपा रुपन्देहीको ‘नैतिक’ समर्थन



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको रुपन्देही जिल्ला समितिले घुमाउरो पारामा बुटवलमा जारी नागरिक आन्दोलनलाई समर्थन गरेको छ ।
प्रदेश सरकारले प्रस्ताव गरेको राजधानी बुटवलबाट दाङ सार्ने विषयमा आईतबार विज्ञप्ति प्रकाशित गर्दै नेकपाले राजधानी एकाएक सार्ने प्रदेश सरकारको निर्णयबाट रुपन्देही र यस आसपासका जनताहरु आन्दोलित हुनुलाई स्वाभाविक भनेको छ ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी र नारायण जीसीले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रदेश सरकारले स्थायी राजधानी प्रस्ताव गर्दा संविधानको भावनालाई कदर गर्न नसकेको आरोप लगाएको छ । संविधानले राजधानी तोक्दा प्रशासनिक, भुगोल र भौतिक पुर्वाधारलाई आधार मान्न भने पनि प्रदेश सरकारले त्यसको आत्मसात नगरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सांसदहरुलाई निर्वाचनमा गरेको बाचालाई स्मरण गरेर मात्र मत दिन आग्रह गर्दै सोहि अनुसार सांसदहरुले मतदान गर्ने नेकपाले विश्वास लिएको उल्लेख गरिएको छ ।

अस्थायी मुकामलाई नै स्थायी राजधानी तोक्ने गरि सिफारिस सच्याउन नेकपा रुपन्देहीले प्रदेश सरकारसँग माग समेत गरेको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : २६ बजे

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको