३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

राजधानीका लागि सडकमा उत्रेका नागरिक आन्दोलनलाई नेकपा रुपन्देहीको ‘नैतिक’ समर्थन



बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको रुपन्देही जिल्ला समितिले घुमाउरो पारामा बुटवलमा जारी नागरिक आन्दोलनलाई समर्थन गरेको छ ।
प्रदेश सरकारले प्रस्ताव गरेको राजधानी बुटवलबाट दाङ सार्ने विषयमा आईतबार विज्ञप्ति प्रकाशित गर्दै नेकपाले राजधानी एकाएक सार्ने प्रदेश सरकारको निर्णयबाट रुपन्देही र यस आसपासका जनताहरु आन्दोलित हुनुलाई स्वाभाविक भनेको छ ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी र नारायण जीसीले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रदेश सरकारले स्थायी राजधानी प्रस्ताव गर्दा संविधानको भावनालाई कदर गर्न नसकेको आरोप लगाएको छ । संविधानले राजधानी तोक्दा प्रशासनिक, भुगोल र भौतिक पुर्वाधारलाई आधार मान्न भने पनि प्रदेश सरकारले त्यसको आत्मसात नगरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सांसदहरुलाई निर्वाचनमा गरेको बाचालाई स्मरण गरेर मात्र मत दिन आग्रह गर्दै सोहि अनुसार सांसदहरुले मतदान गर्ने नेकपाले विश्वास लिएको उल्लेख गरिएको छ ।

अस्थायी मुकामलाई नै स्थायी राजधानी तोक्ने गरि सिफारिस सच्याउन नेकपा रुपन्देहीले प्रदेश सरकारसँग माग समेत गरेको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : २६ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने