काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेसँगै तीनवटा छुट्टाछुट्टै क्लस्टर छुट्याएर बन्दसत्र सुरु भएको हो । बन्दसत्र सुरुहुनु अघि गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो ।
पहाड, हिमाल र तराई-मधेश गरी तीन क्लस्टरमा विभाजन गरी छुट्टाछुट्टै पाण्डालमा बन्द सत्र सुरु भएको हो ।
सुरुवातमा पहाडको बन्द सत्र चलेको छ । बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेश हल निर्धारण गरिएका छन् । प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरि छलफलको ब्यवस्था मिलाइएको छ ।
















प्रतिक्रिया