२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

राष्ट्रिय वाणिज्य बैंक र दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सहकार्य सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अब नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

सम्झौता समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए ।

नगरप्रमुख घनश्याम राउतले यस्तो कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जनाए ।

कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले संचालन गरेको कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, कम्पनी सचिव भोलानाथ पौडेल, नगरपालिकाका कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : ४५ बजे

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले

बिस्का : नौ दिन आठ रात जात्रा

भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का

राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठक सम्बोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको

पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

काठमाडौं । देशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ