२० भदौ २०८३, शनिबार | September 5, 2026

राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठक सम्बोधन



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था रहेको छ ।

यसैबीच, आजै रातिदेखि सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले चैत २७ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

सरकारले हिउँदे अधिवेशन अन्त्य गरी आगामी बजेट अधिवेशनको तयारीका लागि यस्तो निर्णय गरेको जनाएको छ । नेपालको संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : २६ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २