१६ बैशाख २०८३, बुधबार | April 30, 2026

राजधानी दाङ सार्ने पक्षमा मतदान गर्न नेकपा सांसदहरुलाई मुख्यमन्त्रीद्वारा ह्वीप जारी



बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रदेशसभा संसदीय दलको आज बसेको बैठकले सांसदहरुलाई सरकारले प्रदेशसभामा दर्ता गराएको प्रस्तावमा मतदान गर्न ह्वीप लगाउने निर्णय गरेको हो । प्रदेश ५ प्रदेशसभामा नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका सांसदहरुलाई राजधानीको नामाकरण र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रदेश ५ इन्चार्ज तथा संसदीय दलको नेताका हैसियतले सांसदहरुलाई सरकारले ल्याएको प्रस्ताव पास गराउनका लागि ह्वीप जारी गरेको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

‘संसदीय दल बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय गरेको छ’ ढकालले बताए ।

प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत रहेको छ । नेकपाका ६१ जना सांसदहरुमध्ये १ जना सभामुख रहेका छन्, जसले निर्णायक अवस्थामा मात्र मतदान गर्न पाउँछन् । यो ह्वीप ६० जना सांसदहरुका लागि लागेको छ । यद्यपी, नेकपाका १४ जना प्रदेशसभा सांसदहरुले यो प्रस्तावमाथि गत शुक्रबार नै नोट अफ डिसेन्ट लेखिसकेका छन् ।

संसदीय पद्दतीमा पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदहरुमाथि पार्टीले निस्काशनसम्मको कारवाही गर्न पाउने नियम रहेको हुन्छ । यसकारण, राजधानी सार्न नहुने पक्षमा रहेका नेकपाका सांसदहरुले पनि मतदानको विपक्षमा मत हाल्ने या बहिस्कार गर्नसक्ने देखिदैन । यद्यपी, स्थानीय राजनीति जोगाउन उनीहरु संसदबाट बाहिर आउने गरी कारवाही भोग्नलाई भने बाटो खुला नै रहन्छ ।

सरकारले गरेको प्रस्तावमाथि प्रदेशसभामा आजैबाट छलफल सुरु हुँदैछ । नेकपाका सबै साँसदहरु संसदभवन प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : ०८ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात