४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश ५ प्रदेशसभामा काँग्रेस सभासदको रोष्टम घेराउ, २ बजे सम्मका लागि संसद बैठक स्थगित



बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसले नाराबाजी गरेको छ ।

प्रदेश सरकारले प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सहित प्रदेशको नामाकरण गर्ने प्रस्तावको बिरुद्धमा नाराबाजी गर्दै रोष्टम घेर्न पुगेका थिए ।

सभामुख पुर्ण घर्तीले बैठक प्रारम्भ गर्नासाथ बिपक्षिदलका सभासदहरु आ आफ्नो स्थानबाट उठेर बिरोध जनाएपछि सभामुखले बिपक्षी दलका नेता बिरेन्द्र कनोडीयालाई बोल्ने समय दिएका थिए ।

संसद बैठकमा बोल्दै नेता कनोडीयाले सरकारले तानाशाही शैलीमा संसदीय मर्यादा बिपरित राजधानीको प्रस्ताव संसदमा दर्ता गरेको भन्दै अविलम्ब फिर्ता गर्न माग गरेका थिए ।

उनको मन्तब्य सकिए लगत्तै काँग्रेस सभासदहरु नारा लगाउंदै रोष्टम घेर्न पुगेपछि सभामुख घर्तीले बैठक २ बजे सम्मका लागि स्थगित गरेका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको