५ चैत्र २०८१, मंगलबार | March 18, 2025

डा. केसीको समर्थनमा रेडिजेन्ट डाक्टरहरुद्वारा ओपीडी सेवा बन्द



काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९औं अनसनमा बसिरहेका प्राडा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै रेजिडेन्ट डाक्टरहरुले ओपीडी सेवा बहिस्कार गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट डाक्टरहरुले मंगलबार बिहानदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् ।

डा. केसीको माग पुरा गर्न र जीवन रक्षा गर्न दबाब दिने उद्देश्यले रेजिडेन्ट डाक्टरहरु गत आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दैनिक २ घण्टा इमर्जेन्सी र कोभिड–१९ बाहेकका कुनै पनि सेवामा बहिस्कार गरिरहेका छन् । आफुहरुको सांकेतिक आन्दोलनलाई सरकारले वास्ता नगरेपछि रेजिडेन्ट डाक्टरहरु आजदेखि ओपीसी सेवा बन्द गरेका हुन् ।

माग पुरा नभएसम्म तीनवटै अस्पतालका सेवा बन्द गरिरहने नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. सुभाष देवकोटाले चेतावनी दिएका छन् । यद्यपी, उनीहरुले इन्डोर, इमर्जेन्सी र कोभिडसेवा भने जारी राखेका छन् ।
ि
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ सय १० जना रेजिडेन्ट डाक्टरहरु रहेका छन् ।

डा. गोविन्द केसी आमरण अनसनमा बसेको आज २३औं दिन हो । गत भदौ २९ गते जुम्लाबाट केसीले अनसन सुरु गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ४२ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी