५ श्रावण २०८३, मंगलबार | July 21, 2026

डा. केसीको समर्थनमा रेडिजेन्ट डाक्टरहरुद्वारा ओपीडी सेवा बन्द



काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९औं अनसनमा बसिरहेका प्राडा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै रेजिडेन्ट डाक्टरहरुले ओपीडी सेवा बहिस्कार गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट डाक्टरहरुले मंगलबार बिहानदेखि ओपीडी सेवा बहिष्कार गरेका हुन् ।

डा. केसीको माग पुरा गर्न र जीवन रक्षा गर्न दबाब दिने उद्देश्यले रेजिडेन्ट डाक्टरहरु गत आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दैनिक २ घण्टा इमर्जेन्सी र कोभिड–१९ बाहेकका कुनै पनि सेवामा बहिस्कार गरिरहेका छन् । आफुहरुको सांकेतिक आन्दोलनलाई सरकारले वास्ता नगरेपछि रेजिडेन्ट डाक्टरहरु आजदेखि ओपीसी सेवा बन्द गरेका हुन् ।

माग पुरा नभएसम्म तीनवटै अस्पतालका सेवा बन्द गरिरहने नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन, त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा. सुभाष देवकोटाले चेतावनी दिएका छन् । यद्यपी, उनीहरुले इन्डोर, इमर्जेन्सी र कोभिडसेवा भने जारी राखेका छन् ।
ि
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८ सय १० जना रेजिडेन्ट डाक्टरहरु रहेका छन् ।

डा. गोविन्द केसी आमरण अनसनमा बसेको आज २३औं दिन हो । गत भदौ २९ गते जुम्लाबाट केसीले अनसन सुरु गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ४२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान