११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

प्रदेश ५ ले अपरान्ह ४ बजे सम्ममा स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी पाउने !



बुटवल । मंगलबार अपरान्ह ४ बजेभित्र प्रदेश नम्बर ५ को नाम फेरिएर लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र तोकिने लगभग पक्कापक्की भएको छ ।

नेकपाका सांसदहरुले कम्युनिष्ट पार्टीको अनुशासन र पार्टी प्रतिको निष्ठाका आधारमा ह्वीपको विपक्षमा नजाने निश्कर्ष निकालेसँगै प्रदेश सरकारले प्रस्ताव गरे अनुसार प्रदेशको नाम र स्थायी राजधानी तोकिने निश्चित प्रायः भएको हो ।

मंगलबार बिहान बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले रुपन्देही, नवलपरासी र कपिलवस्तुलाई समेत समेटेर पर्यटकीय राजधानीको अवधारण सहित बुटवल भैरहवा सिक्स लेन सडकलाई आर्थिक राजधानीका रुपमा विकास गर्ने प्रस्ताव सहित संसदीयदलमा फरक मत राखेका सभासदहरुलाई मुख्यमन्त्री शंकर पोखरेलले बिश्वस्त बनाएको नेकपा स्रोले जनाएको छ ।
मुख्यमन्त्रीले दिएको आश्वासन पछि साबिक लुम्बिनी अञ्चलका नेकपा सांसदहरुले फ्लोर क्रस नगर्ने आश्वासन मुख्यमन्त्रीलाई दिएको स्रोले दाबी गरेको छ ।

पार्टी ह्वीप उल्लंघन गर्ने सम्भावना निकै कम रहेको नेकपाका चर्चित सांसद भोजप्रसाद श्रेष्ठले खबरकुरालाई बताएका छन् ।
‘फरक धारणा, फरक विचार र फरक मत रहेपनि कम्युनिष्ट कार्यकर्तालाई पार्टी निर्णय सर्बोपरि हुन्छ’, श्रेष्ठले भने ।

नेकपाका सांसदहरुले सरकारको प्रस्तावको पक्षमा मत हाल्ने निश्चित प्राय भएपछि नेपाली काँग्रेसका राप्ती र भेरी क्षेत्रका सांसदहरुले संसदमा अनुपस्थिती जनाउने तयारी गरेको काँग्रेसका एक सांसदले नाम नबताउने सर्तमा खबरकुरालाई बताए । उनले पार्टीले विपक्षमा मत हाल्न ह्वीप जारी गरेको र आफुहरुलाई विपक्षमा मत दिन नैतिकताले नमिल्ने भएको अवस्थामा नेकपाकै मतले प्रस्ताव पास हुने भएपछि बैठकमा अनुपस्ति हुने बिषयमा छलफल भईरहेको बताए ।
प्रदेशसभामा नेकपाको मात्र मतले पनि सरकारको प्रस्ताव सजिलै पारित हुने अवस्था छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १ : ३४ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि