४ पुस २०८२, शुक्रबार | December 20, 2025

चाडपर्वको अवसरमा एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउँदा निःशुल्क



काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।

उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ ।

अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरुका साथै अन्य महानुभावहरुले पनि लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १०,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरुन्त रकम प्राप्त गर्न सकिन्छ ।

२०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहकहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरू भन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत् सहज एवं सरल रुपमा रकम पठाउन र प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

देशभर बैंकको ३२६ शाखा कार्यालय रहेका छन् । बैंकले शाखा कार्यालयसहित ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकका २२ लाख भन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : १२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको