२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु



बुटवल । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल मृत्यु भएको हो ।

नवलपरासीका पुरुषको असोज १६ गते पिसिआर परिक्षपण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका थिए ।

दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको २० गते राती १२:५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।

त्यस्तै बुटवल ९ की ५५ बर्षीया महिलाको असोज १७ गते पिसिआर परिक्षपण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन ।

सुख्खा खाकी र उच्च ज्वरो आएको उनको आज बिहान ५:३० बजे मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

ती महिलामा कुनैपनि दिर्घरोग देखिएको छैन ।

यो संगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । त्यस मध्ये बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा २६ जनाको मृत्यु भएको छ भने ५ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ५८ बजे

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा