२७ श्रावण २०८३, बुधबार | August 12, 2026

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु



बुटवल । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको बुटवल कोरोना विशेष (अस्थायी) अस्पताल मृत्यु भएको हो ।

नवलपरासीका पुरुषको असोज १६ गते पिसिआर परिक्षपण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यहि दिन बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका थिए ।

दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको २० गते राती १२:५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए ।

त्यस्तै बुटवल ९ की ५५ बर्षीया महिलाको असोज १७ गते पिसिआर परिक्षपण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएकी थिइन ।

सुख्खा खाकी र उच्च ज्वरो आएको उनको आज बिहान ५:३० बजे मृत्यु भएको डा.गौतमले जानकारी दिए ।

ती महिलामा कुनैपनि दिर्घरोग देखिएको छैन ।

यो संगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । त्यस मध्ये बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा २६ जनाको मृत्यु भएको छ भने ५ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : ५८ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको