२९ चैत्र २०८२, आइतबार | April 12, 2026

हङकङ र सिनजियाङ मुद्दामा चीनलाई ७० देशको समर्थन



हङकङ र सिनजियाङको विषयमा चीनलाई ७० देशले समर्थन गरेका छन् । संयुक्त राष्ट्र संघको ७५ औं महासभाको जारी बैठकमा हङकङ र सिनजियाङसम्बन्धी मुद्दामा ७० देशको समर्थन प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले अन्य कुनै पनि देशमा अस्थिरता, धर्मनिरपेक्षता या अशान्त पैदा गर्ने कुनै पनि विदेशी शक्तिको विरोध गर्ने जनाएकी छिन् ।

प्रवक्ता हुवाले हङकङ र सिनजियाङ मुद्दामा राजनीतिक जोडतोडका साथ चीनको आन्तरिक मामिलामा दखल पुर्याउनेहरु विरुद्ध चीनले मजबुद ढंगले विरोध गर्ने जनाएकी छिन् ।

पाकिस्तानले ५५ देशको तर्फबाट हङकङ मुद्दाबारे र क्युवाले ७० देशको तर्फबाट सिनजियाङ मुद्दाबारे संयुक्त वक्तव्य जारी गर्दै चीनको कदमलाई समर्थन गरेका छन् ।

सबै देशले हङकङमा हालै लागु गरिएको राष्ट्रिय सुरक्षा कानूनले त्यहाँको स्थिरता र समृद्धि बनाइराख्न सहयोग पुर्याउने एक देश, दो प्रणालीअन्तर्गत हङकङबासीका वैध अधिकार एवं स्वतन्त्रताको पनि सुरक्षित वातावरणमा संरक्षण गरिएको जनाएका छन् ।

यसैगरी सिनजियाङमा आतंकवादी र अतिवादी खतरा विरुद्ध लड्न र आम जनताको मानवअधिकारको रक्षाका लागि चीनले चालेको कदम कानुनसम्मत भएको ती देशहरुले निस्कर्ष निकालेका छन् ।

विदेशमन्त्रालयका प्रवक्ता हुवाले हङकङ र सिनजियाङसँग जोडिएको मुद्दा मानवअधिकारको मुद्दा नभएको स्पष्ट पारेकी छिन् ।

हुवाले भनिन्, ‘चीनको पक्षमा न्यायका लागि गरिएको आह्वानले हङकङ र सिनजियाङसँग जोडिएको मुद्दामा चीनलाई बद्नाम गर्न केही पश्चिमा देशले चालेको चाल फेरि पनि असफल भएको छ ।’

सबै देशले आन्तरिक मामिलामा विदेशी हस्तक्षेलाई जोड दिएका छन् ।

राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले गत सोमबार २६ देशको तर्फबाट संयुक्त राष्ट्र संघको तेस्रो साधारण बहसमा वक्तव्य जारी गर्दै मानवअधिकार उल्लंघनका लागि अमेरिका लगायत पश्चिमा देशको आलोचना गरेका छन् । उनीहरुले एकतर्फी प्रतिबन्ध एवं जातीय भेदभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १० : ५६ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्