२९ भदौ २०८३, सोमबार | September 15, 2026

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा



बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–८ए वाई८ क्यारियर रकेट दक्षिण चीनको हाइनान प्रान्तस्थित प्रक्षेपण स्थलमा सुरक्षित राखिएको छ । आगामी दिनहरूमा यसको प्रक्षेपण हुने तालिका तय गरिएको छ ।

लङ मार्च–८ए लङ मार्च–८ श्रृङ्खलाभित्रको सुधारिएको मोडेल हो । यसले ७ टन तौलको पेलोड ७०० किलोमिटर कक्षमा पु-याउन सक्ने क्षमता राख्छ । उच्च घनत्व र द्रुत सेटेलाइट प्रक्षेपणका लागि विशेष रूपमा डिजाइन गरिएको यस रकेटले चीनको अन्तरिक्ष प्रविधि र व्यावसायिक अन्तरिक्ष मिशनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

फेब्रुअरी सन् २०२५ मा यसको पहिलो उडान भएदेखि यस मोडेलले सात सफल मिशन पूरा गरिसकेको छ । यसले चीनको सेटेलाइट इन्टरनेट कन्स्टेलेसन निर्माणको मुख्य प्रक्षेपण यानको रूपमा काम गरिरहेको छ । चीनको योजना अनुसार लङ मार्च–८ श्रृंखलाबाट २०२६ मा करिब १५ प्रक्षेपण सम्पन्न हुनेछन्, जसले चीनको स्पेस नेटवर्क विस्तारमा ठूलो योगदान पु¥याउनेछ ।

विशेषज्ञहरूको भनाइ अनुसार लङ मार्च–८ए वाई८ रकेटको उच्च पेलोड क्षमता र द्रुत प्रक्षेपण तालले सानो र मध्यम आकारका सेटेलाइटहरूलाई छिटो र सुरक्षित रूपमा कक्षा स्थानमा पु¥याउन सक्ने सुविधा प्रदान गर्दछ । यसले चीनको अन्तरिक्ष टेक्नोलोजी र व्यावसायिक स्पेस मिशनमा नयाँ उचाइ थप्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : २४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ