१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौंमा अहिलेसम्मकै उच्च २५४० जनामा संक्रमण



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनपछि दिन बढिरहेको छ ।

काठमाडौंमा १ हप्तामै १० हजार बढी संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । २ हजार ५४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

उपत्यकामा सबैभन्दा धेरै काठमाडौं जिल्लामै थपिने गरेका छन् । काठमाडौंमा बिहीबार २ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी ललितपुरमा ३२० जना जना र भक्तपुरमा १३५ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौंमा संक्रमितहरु बढेसँगै काठमाडौंका अस्पतालहरुलाई उपचारका लागि चाप समेत बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका बेड, आइसोलेसन भरिँदै गएको भन्दै सकेसम्म होम आइसोलेसनमै बस्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयले दशैंको समयमा किनमेलका लागि बाहिर निस्कँदा विशेष ध्यान पुर्याउन, मन्दिर एवं धार्मिक स्थलहरुमा पूजारीले मात्रै पूजा गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

तर, सरकारले जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै संक्रमण नबढाउन नागरिकलाई अपिल गरिरहे पनि त्यसको अटेर हुँदा संक्रमण बढिरहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ४ : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज