४ बैशाख २०८१, मंगलबार | April 16, 2024

न्यायाधीशको सरुवा र पदस्थापन



काठमाडौं । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको छ । परिषद्को निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका दुई कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा भएको छ । काजमा खटिएका न्यायाधीशको यथास्थानमा पदस्थापन भएको छ ।

निर्णय अनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनारायण प्रधान तनहुँ जिल्ला अदालतमा सरुवा भएका छन् । यस्तै सुनसरी जिल्ला अदालतमा कार्यरत रही गुल्मी काजमा रहेका राधाकृष्ण उप्रेतीको गुल्मीमै सरुवा भएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक जिल्ला अदालतमा सरुवा भएको छ । काठमाडौँ दरबन्दी रही जिल्ला अदालत सुनसरीमा काजमा रहेका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको सुनसरी जिल्ला अदालतमा सरुवा भएको छ ।

यस्तै जिल्ला अदालत सिन्धुलीमा कार्यरत किरणप्रसाद शिवाकोटीको ललितपुर जिल्ला अदालतमा सरुवा भएको छ । त्यसैगरी कञ्चनपुरमा कार्यरत गोपालप्रसाद बाँस्तोलाको भक्तपुरमा सरुवा भएको छ ।

धनुषा जिल्ला अदालतमा दरबन्दी रही काठमाडौँको मुख्य न्यायाधीशमा कार्यरत राजुकुमार खतिवडाको काठमाडौंमै सरुवा भएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ५२ बजे

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका