११ श्रावण २०८३, सोमबार | July 27, 2026

न्यायाधीशको सरुवा र पदस्थापन



काठमाडौं । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो ।

परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको छ । परिषद्को निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका दुई कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा भएको छ । काजमा खटिएका न्यायाधीशको यथास्थानमा पदस्थापन भएको छ ।

निर्णय अनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनारायण प्रधान तनहुँ जिल्ला अदालतमा सरुवा भएका छन् । यस्तै सुनसरी जिल्ला अदालतमा कार्यरत रही गुल्मी काजमा रहेका राधाकृष्ण उप्रेतीको गुल्मीमै सरुवा भएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक जिल्ला अदालतमा सरुवा भएको छ । काठमाडौँ दरबन्दी रही जिल्ला अदालत सुनसरीमा काजमा रहेका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको सुनसरी जिल्ला अदालतमा सरुवा भएको छ ।

यस्तै जिल्ला अदालत सिन्धुलीमा कार्यरत किरणप्रसाद शिवाकोटीको ललितपुर जिल्ला अदालतमा सरुवा भएको छ । त्यसैगरी कञ्चनपुरमा कार्यरत गोपालप्रसाद बाँस्तोलाको भक्तपुरमा सरुवा भएको छ ।

धनुषा जिल्ला अदालतमा दरबन्दी रही काठमाडौँको मुख्य न्यायाधीशमा कार्यरत राजुकुमार खतिवडाको काठमाडौंमै सरुवा भएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ५२ बजे

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी