२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

देवसिद्ध खानेपानीद्वारा सदस्यता दायित्व रकम फिर्ता



बुटवल । देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ देवीनगर, रूपन्देहीले सदस्यता दायित्व रकम फिर्ता गरेको छ ।

संस्थाका ५८५ जना उपभोक्तालाई ५ हजार रुपैयाँका दरले सदस्यता दायित्व रकम फिर्ता गरेको हो ।

बिहीबार एक कार्यक्रम आयोजना गरी संस्था जेष्ठ सदस्य नामदेउ चापागाईको परिवारलाई ५ हजारको चेक संस्थाका संस्थापक सल्लाहकार चण्डीप्रसाद न्यौपानेले हस्तान्तरण गरी कार्यक्रमको सुरू गरे ।

सो अवसरमा बोल्दै न्यौपानेले संस्था बलियो बन्दै गएपछि सदस्यहरुको दायित्व बापत राखिएको रकम फिर्ता गरिएको जानकारी दिए । संस्थाले २०७४ सालमा पनि ५५२ जना सदस्यलाई दायित्व रकम फिर्ता गरेको थियो ।

कार्यक्रममा संस्था अध्यक्ष भरत पाठकले उपभोक्ताहरुलाई स्वच्छ पानी खुवाउनको लागि ट्याङकीमा नैं फिल्टर जडान गर्ने तयारी गरिएको जानकारी दिए । उनले संस्थाको दिगो आर्थिक स्रोत जुटाउने गरी काम पनि अगाडि बढाएको बताए ।

संस्थाका सचिव लोकराज शर्माले खानेपानीको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । शर्माले संस्थालाई रुपन्देहीकै नमूना खानेपानी संस्था बनाउने गरी अगाडि बढिएको बताए ।

संस्थाका सल्लाहकार सुरज भट्टराई सबैको पहल र आवश्यकताले खानेपानी संस्था स्थापना गरिएको भन्दै यसको विकास र संरक्षण गर्दै अगाडि बढनुपर्ने बताए ।

संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक डम्बरबहादुर थापाको स्वागत तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ०७ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु