६ श्रावण २०८३, बुधबार | July 23, 2026

भैरहवा रुट हुँदै जहाजलाई नेपाल प्रवेश अनुमति छिटो प्रदान गर्न भारतसँग आग्रह



काठमाडौं । नेपालले भैरहवा नाकाबाट उडान प्रवेश अनुमति छिटो प्रदान गर्न भारतसँग नेपालद्वारा भारतसँग आग्रह गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले भारतीय राजदूत विनयमोहन क्वात्रालाई उडान अनुमतिका लागि यसअघि भएका पूर्वपत्राचारलाई निस्कर्षमा पुर्याउन आग्रह गरेका हन् ।

आफुलाई भेट्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुगेका राजदूत क्वात्रालाई मन्त्री भट्टराईले भैरहवा र पोखरा विमानस्थलका लागि आवश्यक पर्ने उडान रुट क्लियर गर्दिन आग्रह गरेका हुन् । नेपालमा प्रवेश गर्ने अन्तराष्ट्रिय जहाजहरु अहिले सीमराको आकाशबाट मात्र प्रवेश अनुमति पाउँछन् ।

छलफलका क्रममा नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको छ । कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरु बीचको उडान चाडै सुचारु गर्ने बारेमा पनि छलफल भएको छ ।

यसैगरी पशुपति, लुम्विनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे पनि भएको छ ।
भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उडड्यनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : ३६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क