२५ मंसिर २०८०, सोमबार | December 11, 2023

कोरोना भाइरसका संक्रमित १ लाख माथि पुगे, विश्वमा ४३ औं नम्वरमा उक्लियो नेपाल



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित १ लाख नाघेका छन् ।

शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६७६ हजार पुगेको छ ।

पीसीआर परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा १५८७७ जना संक्रमित बसेका छन् ।

शुक्रबार १ हजार ६८० जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको ग्राफमा नेपाल अब ४२ औं नम्वरमा आइपुगेको छ । कोरोना महामारीको सुरुवात भएको छिमेकी चीन ४७ औं नम्वरमा रहेको छ । चीनमा कुल संक्रमितको संख्या ८५ हजार ५२१ जना मात्रै रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : २३ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको