काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ ।
एक सातामै १० हजार संक्रमित थपिइसकेको काठमाडौंमा शुक्रबार १ हजार ४०९ जना नयाँ संक्रमित बढेका छन् ।
काठमाडौंमा मात्रै १ हजार ११६ संक्रमित थपिएका छन् । ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चाडवाडको समयमा आम मानिसहरु जनस्वास्थ्य मापदण्डलाई ख्याल नगर्दै बजारमा सपिङ गर्न हिँड्ने प्रवृत्ति बढिरहेको छ । जसका कारण संक्रमितहरु बढ्दै गएको मन्त्रालयको ठहर छ ।
सार्वजनिक सवारी साधानमा पनि असुरक्षित ढंगले मानिसहरु ओहोरदोहोर गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले अति जरुरी काम नपरेसम्म घरबाहिर ननिस्कन, चाडवाडको नाममा बजार नडुल्न र यसपटकको दशैं तिहार जो जहाँ छौं त्यहीँ बसेर मनाउन निरन्तर आग्रह गरिरहेको छ ।
प्रतिक्रिया