३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काठमाडौंमा कोरोना संक्रमणको छलाङ कायमै, शुक्रबार थपिए १४०९ नयाँ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ ।

एक सातामै १० हजार संक्रमित थपिइसकेको काठमाडौंमा शुक्रबार १ हजार ४०९ जना नयाँ संक्रमित बढेका छन् ।

काठमाडौंमा मात्रै १ हजार ११६ संक्रमित थपिएका छन् । ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चाडवाडको समयमा आम मानिसहरु जनस्वास्थ्य मापदण्डलाई ख्याल नगर्दै बजारमा सपिङ गर्न हिँड्ने प्रवृत्ति बढिरहेको छ । जसका कारण संक्रमितहरु बढ्दै गएको मन्त्रालयको ठहर छ ।

सार्वजनिक सवारी साधानमा पनि असुरक्षित ढंगले मानिसहरु ओहोरदोहोर गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले अति जरुरी काम नपरेसम्म घरबाहिर ननिस्कन, चाडवाडको नाममा बजार नडुल्न र यसपटकको दशैं तिहार जो जहाँ छौं त्यहीँ बसेर मनाउन निरन्तर आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : ३१ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन