१ माघ २०८२, बिहिबार | January 15, 2026

जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि विदेशमा आर्जन गरेको ज्ञान, प्रविधि र सीपको प्रयोग गर्नआग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहआयोजनामा सुरू भएको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधामन्त्री ओलीले विदेशमा सिकेको ज्ञान र सीपले नेपालको विकासमा सघाउ पुग्ने भएकाखकारण सीप हस्तान्तरण गर्न आग्रह गरेका हुन् ।

भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले भने–‘आफुले सिकेको ज्ञान, प्रविधी र पूँजी नेपालमा लगानी गर्न आतुर तपाईहरु हुनुहुन्छ, त्यसका लागि नेपाल सरकार जस्तोसुकै वातावरण बनाउन र सहकार्य गर्न तयार छ ।’

प्रधानमन्त्री ओलीले दुई बर्ष पहिला पनि आफुले पहिलो विज्ञ सम्मेलनलाई सम्वोधन गरेको स्मरण गर्दै बहुआयामिक छलफल गरी नेपालको विकासका लागि सुझाव दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले यतिबेला सरकारको मुख्य ध्यान जनताको जीवन बचाउनेमा केन्द्रित भएको बताए ।

ओलीले विश्वव्यापी महामारी  कोभिड-१९ बाट जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे । उनले केही समयभित्र नै कोभिडमाथि विजय प्राप्त गर्ने प्रतिवद्धता पनि जनाए ।

ओलीले नेपालको परम्परागत आयुर्वेधिक औषधी विज्ञनमा थप खोज, अनुसन्धान र प्रयोग गर्न एनआरएनएलाई आग्रह गरे ।

ओलीले भने–‘हाम्रा जडीबुटीहरुको प्रयोगका बारेमा धेरैभन्दा धरै जानकारी पुग्न सकेको छैन, तपाईहरु अध्ययन अनुसन्धान गर्नुहोस् ।’

परम्परागत नेपाली भान्सामा रोगसँग लड्ने क्षमता रहेको दाबी गर्दै उनले रोगव्याधीबाट वच्न खाद्यव्यवहारमा ख्याल गर्न आग्रह गरे ।

सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले विदेशमा सिकेको प्रविधी भित्र्याउन सरकारले योजना बनाइरहेको  बताए । ज्ञवालीले परराष्ट्र मन्त्रालयले विदेशमा रहेका ट्यालेन्टहरूलाई आकर्षित गर्न एनआरएनएसँग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त,  संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु देवमान हिराचन, जीवा लामिछाने, शेष घले, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायत विभिन्न देशमा रहेका नेपाली राजदूतहरु, विश्वविद्यालयका उपकुलपतिहरूको सहभागिता छ ।

३ दिनसम्स चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनका संयोजक तथा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले जनाएका छन् ।

सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् ।

संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाले प्राथमिकता दिएका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका विषयमा कार्यपत्रहरु प्रस्तुत हुने छन् ।

सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् ।

यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानका विषयमा कार्यपत्र प्रस्तुत हुने छन् ।

सम्मेलनमा परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको छ ।

सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु समेत सहभागी हुने संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले सो सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलन पश्चात गैरआवासीय नेपाली संघले एक श्वेतपत्र जारी गरी नेपाल सरकार समक्ष पेश गर्ने तयारी गरेको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ५९ बजे

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका