४ पुस २०८२, शुक्रबार | December 20, 2025

दुई सातादेखि अवरुद्ध गुल्मीको रिडी-रुद्रवेणी सडक सुचारु



रिडी । पहिरोका कारण गत दुई सातादेखि अवरुद्ध बनेको गुल्मीको रिडी-रुद्रवेणी सडक सुचारु भएको छ ।

रुरु गाउँपालिका १ अन्तर्गत विष्णुपञ्जर नजिकै सडक माथिबाट चट्टान सहित खसेको ठूलो पहिरो हटाएपछि सडक सुचारु बनेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी सहायक निरिक्षक शालिकराम थापाले जानकारी दिएका छन ।

पहिरोका कारण अवरुद्ध बनेको उक्त सडकमा पटक पटक सुख्खा पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन थप समस्या परेको थियो । सडक सुचारु गर्नका लागि स्थानीय रुरु गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको पहलमा रिडी र रुद्रवेणी दुवै तर्फबाट चार दिनसम्म जेसीभि र ईस्काभेटर परिचालन गरि पहिरो हटाउने काम भएको थियो ।

गुल्मीको रिडीदेखि वामीटक्सार हुँदै बाग्लुङ्गको बुर्तिवाङ्गसम्म सवारी साधनहरु संचालन हुने उक्त सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका मानिसहरुलाई आवतजावत र खाद्यान्न ढुवानीमा थप समस्या परेको थियो । उक्त सडक खण्डमा पहिरोले दुई सय मिटर भन्दा बढी सडक पुरिएको थियो ।

चाडवाड नजिकिँदै जाँदा लामो समयसम्म सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौं मानिसहरु थप समस्यामा परेका थिए । सडक सुचारु भएसँगै दुवै क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ गएका छन ।

रिडी–रुद्रवेणी सडक जिल्लामा सबै भन्दा धेरै सवारी साधनहरु सञ्चालन हुने अति व्यस्त सडक अन्तर्गत पर्दछ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको