२५ असार २०८३, बिहिबार | July 9, 2026

भिसा सकिएर मलेसियामा अलपत्र ७ युवाको उद्दार



जापान । मलेशियामा भिसा सकिएर देश फर्कन नपाएका बिभिन्न ७ नेपालीको फिर्तीका निम्ति जनउद्धार केन्द्र मलेशिया र घुम्टे युवा परिवार जापान शाखाको पहलमा उद्वार गरी स्वदेश फर्काएको छ ।

हिमालयन एअरलाइन्सको फ्लाइटमार्फत स्वदेश फर्कनेहरुमा सप्तरीका अनिल कुमार रजक र श्याम सुन्दर सदा , गुल्मीका गंगाबहादुर बस्नेत, बाँकेका गिरिजाप्रसाद महतो, राकेश यादब र राजुनाथ योगी र संखुवासभाका राजेन्द्र बहादुर सिंङ रहेका छन् ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाको संयोजनमा मलेशियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा निरन्तर भेटसम्पर्क पछि आर्थिक अभाव झेलिरहेका ७ जन युवालाई मातृभुमी फर्काउन सकिएको हो ।

सो काममा जनउद्धार केन्द्रका उपाध्यक्ष रुपबहादुर टन्डनको आर्थिक संयोजनमा जापान स्थित घुम्टे युवा परिवार गलकोट जापान शाखाले टिकटका लागि आर्थिक सहयोग गरेको थियो ।

जेलमुक्त गरी स्वदेश फिर्तीका निम्ति सहयोगी हुन पाएको समाजले खुसी व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ३ : ४८ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट