१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा कोरोना कहर : ५ मिनेटको अन्तरमा दुई जनाको मृत्यु



नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा ५ मिनेटको अन्तरमा थप दुई जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० ट्राफिक चोकका ८४ वर्षीय वृद्धा पुरुषको राति ९:५५ बजे र कोहलपुर नगरपालिका-८, गोल्छा, की ७१ वर्षीय वृद्ध महिला राति १ं० बजे उपचारका क्रममा दुबै जनाको भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको हो ।

नेपालगञ्जका पुरुषलाइ स्वास्थ्यमा समस्या देखिएपछि गत असोज ६ गते बागेश्वरी डाइग्नोस्टिक सेन्टर नेपालगञ्जबाट उनको स्वाब संकलन गरि ७ गते उनमा कोरोना पुष्टि भएको थियो । उनलाई सोही दिन साँझ साढे ५ बजे भेरी अस्पतालको भेन्टिलेटरमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।

उपचारकै अवस्थामा उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि दिनुपर्ने सबै प्रकारको उपचार दिँदा पनि स्वास्थ्यमा सुधार नभएको र शनिबार राति ९:५५ बजे मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृतक व्यक्तिमा स्वास प्रश्वासको समस्या रहेको थियो ।

त्यस्तै असोज १४ गते अस्पताल भर्ना भएकी कोहलपुर नगरपालिका-८ , गोल्छाकी वृद्ध महिलाको श्वासप्रश्वासमा समस्या थियो । संक्रमित महिलालाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिदै गर्दा समेत विरामीको अवस्थामा सुधार नआएपछी आइसीयूमा उपचारकै क्रममा शनिबार राति १० बजे मृत्यु भएको श्रेष्ठले खबरकुरालाई बताए ।

मृतक वृद्ध महिलाको असोज १४ गते स्वाब संकलन गरिएको थियो भने पीसीआर रिपोर्ट पनि असोज १४ गते नै पोजिटिभ आएको थियो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : २६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज