४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता



काठमाडौं । सरकार र अनसनरत डाक्टर गोविन्द केसीबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

डा. केसीको जीवनरक्षा र माग पुरा गराउन दबाबस्वरुप चिकित्सक संघ विगत केही दिनदेखि आन्दोलनमा रहेको थियो । संघले यसअघि आकस्मिक र कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।

सरकार र डा. केसीबीच गए राति ८ बुँदे सहमति भएको छ । सहमतिपछि केसीले अनसन तोड्दैछन् ।

संघका आजीवन सदस्य डा. केसीबीच सहमति भैसकेकेपछि आन्दोलन फिर्ता लिइएको महासचिव बद्रि रिजालले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यस संघका आजीवन सदस्य प्राध्यापक डा। गोविन्द केसीको १९ औं आमरण अनशनका सम्बन्धमा मिति २०७७ आश्विन २४ गते राति नेपाल सरकार र डा. केसीबीच सम्झौता भएकाले संघद्वारा घोषणा गरिएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको व्यहोरा यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको