५ चैत्र २०८१, मंगलबार | March 18, 2025

चितवनमा एक वृद्धा महिला र काभ्रेमा एक पुरुषको कोरोनाबाट मृत्यु



चितवन । चितवनमा ७५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नं.१० की ती वृद्धा महिलाको आइतबार बिहान मृत्यु भएको अस्प्तालले जनाएको छ ।

गत असोज २२ गते गते स्वासप्रश्वासमा समस्या भै अस्पताल भर्ना भएकी ती महिलालाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको सघन उपचार कक्षमा उपचार भैरहेको अवस्थामा आइतबार बिहान ५ः३० मा निधन भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् । उनी उच्च रक्तचाप, मधुमेह र दमको रोगी थिइन ।

यसैगरी, यसैगरी धुलिखेल अस्पतालमा उपचाररत काभे्रका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

१० दिनदेखि अस्पतालमा उपचाररत ५२ वर्षीय ती पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी जन्डिसका बिरामी थिए । योसँगै काभ्रे जिल्लामा अहिलेसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : ५९ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी