३२ असार २०८३, बिहिबार | July 17, 2026

कर्णालीका मुख्यमन्त्री विरूद्ध नेकपाकै सांसदद्वारा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता



सुर्खेत । यतिबेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सत्तासंघर्षमा काठमाडौंमा अल्पबिराम लागेको छ । तर, कर्णाली प्रदेशमा भने पार्टीभित्रको गुटसंघर्षको प्रत्यक्ष असर सरकार संचालनमा परेको छ ।

प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले आज अविश्वासको प्रस्ताव बुझाएका छन् ।

सुरूदेखि नै शाहीका मुख्य प्रतिस्पर्धी रहेका सांसद यामलाल कँडेलको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

संसदीय दलका मुख्य सचेतक गुलावजंग शाहलाई हस्ताक्षर बुझाइएको छ । शाहले हस्ताक्षर पत्र बुझेको भन्दै छलफलपछि मात्र के गर्ने भन्ने निर्णय लिइने बताए ।

३३ सांसद रहेको संसदीय दलमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसदले हस्ताक्षर गरेका छन् ।

पार्टी एकिकरण अघि मुख्यमन्त्री शाही पूर्व माओवादी र कँडेल पूर्व एमालेका नेता थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : ३४ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना