४ पुस २०८२, शुक्रबार | December 19, 2025

वार्षिकोत्सवको अवसरमा सनराईज बैंकद्वारा विभिन्न संस्थालाई आर्थिक सहयोग



काठमाडौं । सनराइज बैंकले आफ्नो १३ औं वार्षिकोत्सवका अवसरमा विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तरर्गत बाल मन्दिर लगायत विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो ।

बाल मन्दिरलाई १ लाख ५० हजार, विद्यार्थीहरुलाई क्लाइमेट सम्बन्धि उद्यमशिलता तालिम प्रदान गर्न हिमालय क्लाइमेट इनिसिएटिभलाई १ लाख ५० हजार र भानू माविमा इ लर्निङ प्लाटफर्म बनाउन जोन्ट क्लबलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक मिसकलबाट एनइएको बिल भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ ।

कोभिडका कारण ग्राहकहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डिजिटल सेवालाई प्राथमिकता दिएको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए ।

बैंकले वार्षिकोत्सवका अवशरमा भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्नेलाई ५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।

यो सुविधा बैंकका कार्ड होल्डरले मात्रै पाउनेछन । यस्तै बसमा र प्लेनमा सनराइज स्मार्टबाट टिकट खरिद गर्दा क्रमशः २ सय र ५ सय रुपैयाँ क्यासब्याकको सुविधा पनि दिइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको