२९ चैत्र २०८२, आइतबार | April 12, 2026

दशैँको मुखमा महँगीको मार : दाल र तेलको मूल्य धेरै बढ्यो



काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ । सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए ।

उनले भने, ‘अहिले मूल्य बढनुपर्ने कारण नै छैन । बजारमा कुनै समस्या नै छैन । पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ । यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुपर्‍यो ।’ दशैँ लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे ।

उनका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ । उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन् ।

उनका अनुसार केही समय पहिला एक हजार ५८० रुपियाँमा पाइने एक कार्टोन सनफ्लावर तेलको मूल्य अहिले एक हजार ६२० रुपियाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १५८ रुपियाँ पर्नेमा अहिले होलसेलमै १६३ रुपियाँ नाघेको छ ।

उनको अनुभवमा अरू खाद्यवस्तुको तुलनामा दुगडका उत्पादन तेल, आटा, दाललगायतका सबै सामान प्रतिकेजी वा प्रतिलिटरमा २० देखि ४० रुपियाँसम्म महँगो भएको छ ।

सङ्घका अनुसार यसअघि २५५ रुपियाँ प्रतिलिटरमा पाइने धारा तोरीको तेलको मूल्य थोकमै २६५ सम्म पुर्‍याइएको छ । मासको दाल प्रतिकेजी १६० बाट १७० रुपियाँ पुर्‍याइएको सङ्घले जनाएको छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : ११ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग