६ श्रावण २०८३, बुधबार | July 22, 2026

सीमा तनाबबारे छलफल गर्न भारत-चीन सातौं चरणको कमाण्डरस्तरीय वार्ता आज



गत मे महिनादेखि गम्भीर सीमा विवादमा अल्झिएका दुई शक्तिशाली छिमेकी भारत र चीनबीच आज सातौं चरणको वार्ता हुँदैछ ।

दुवै पक्षबीच तनाब कम गर्न सैन्य कमाण्डरस्तरीय सातौं वार्ता हुन लागेको हो । यो वार्तामा चीनबाट वरिष्ठ कुटनीतिज्ञ समेत सहभागी हुने भारतीय सञ्चारमाध्यम टाइमम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

पत्रिकाका अनुसार बैठकमा चिनियाँ विदेशमन्त्रालयका अधिकारी एवं जनमुक्ति सेनामा राजनीतिक कमिसार समेत सहभागी हुनसक्ने जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको जनमुक्ति सेनामा सैन्य कमाण्डरको साथसाथ राजनीतिक कमिसार पनि हुनेगर्छन् ।

यसअघि गत २१ सेप्टेम्बरमा भएको छैठौं चरणको वार्तामा भारतको तर्फबाट एक जना वरिष्ठ कुटनीतिज्ञ पूर्वी एशियाका लागि संयुक्त सचिव नवीन श्रीवास्तवले सहभागिता जनाएका थिए ।

१० सेप्टेम्बरमा दुवै मुलुकका विदेशमन्त्रीबीच मस्कोमा वार्ता भएको थियो । सो वार्तामा सीमा क्षेत्रमा भएको तनाब घटाउन पाँच बुँदे सहमति समेत भएको थियो । यद्यपी, सहमति कार्यान्वयन भने हुनसकेको छैन ।

भारतको पूर्वी लद्दाख (चीनको अक्साई चीन) क्षेत्रस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमा मे महिनादेखि सुरु भएको तनाब गत जुन १५ मा हिंसात्मक झडपमा परिणत भएको थियो ।

सो झडपमा २० जना भारतीय सेनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । त्यसपछि दुवै देशबीच ४५ वर्ष यताकै सबैभन्दा ठूलो तनाब उत्पन्न भएको छ । दुवै देशले अत्याधुनिक हतियारले लैस पचासौं हजार सैनिक सीमा क्षेत्रमा तैनाथ गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ३९ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको