३ पुस २०८२, बिहिबार | December 18, 2025

दशैंअघि नै अनुदान रकम भुक्तानी गर्न सर्लाहीका उखु किसानको माग



सर्लाही । सर्लाहीका उखु किसानले सरकारी अनुदान बापतको रकम दशैं अघि नै भुक्तानी गर्न माग गरेका छन् ।

सरकारले केही दिनअघि मात्र यहाँका उखु उत्पादक किसानले पाउनुपर्ने गत वर्षको अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीलाई निकासा गरेको थियो । यसका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोलेनिका प्रमुख जगतप्रसाद थपलियाले बताए ।

सर्लाहीका दुईवटा चिनी उद्योगबाट क्रसिङ भएको तथ्याङ्कका आधारमा रु २१ करोड ७९ लाख ३८ हजार ६५ आवश्यक भएपनि सरकारले २.५ प्रतिशत कम रकम निकासा गरेकाले किसानलाई भुक्तानी कसरी गर्ने भन्ने अलमलका कारण केही ढिलाई भएको उनको भनाइ छ ।

क्रसिङ सिजन २०७६/०७७ को उखु अनुदान रकम प्रति क्वीन्टल ६५.८ रुपैयाँका दरले किसानलाई अनुदान भुक्तानी गर्न रु २१ करोड ७९ लाख ३८ हजार ६५ आवश्यक रहेकोमा रु २१ करोड ३४ लाख ९५ हजार मात्र प्राप्त हुन आएको कोलेनिकाले जनाएको छ ।

अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भुक्तानी गर्न माग गर्दै सर्लाहीका उखु किसानहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र समेत बुझाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । जिल्लाका चिनी उद्योगमा छिमेकी जिल्लाका उखु उत्पादक किसानहरुले पनि उखु बिक्री गरेकाले अहिले आइसकेको रकम यहाँका किसानलाई वितरण गर्न र बाँकी किसानलाई थप रकम निकासा भएपछि वितरण गर्न आग्रह गरिएको उनको भनाइ छ ।

दसैंमा किनमेल गर्नुपर्ने भएकाले किसानलाई तत्कालै अनुदान रकम खातामा पठाईदिन आग्रह गर्दै अध्यक्ष मैनालीको नेतृत्वमा गएको अगुवा किसानको एक समूहले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अघिल्ला वर्षहरुमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएपनि यो वर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको कोलेनिका प्रमुख थपलियाको भनाइ छ ।

देशकै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा तीनवटा चिनी उद्योग रहेपनि गत सिजनमा दुईवटा उद्योगले मात्र क्रसिङ गरेका थिए । हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले २६ लाख ६७ हजार ९७१ क्विन्टल उखु क्रसिङ गरेको थियो भने गोडैताको बगदहस्थित महालक्ष्मी सुगर मिलले छ लाख आठ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

किसानलाई विगत वर्षदेखिकै भुक्तानी नदिएकाले पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई भने गत सिजनमा किसानले उखु नै दिएनन् । रासस

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ३८ बजे

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र