४ श्रावण २०८२, आइतबार | July 20, 2025

दुग्ध विकास संस्थानको गोदाममा १६ करोड मूल्य बराबरको म्याद नाघेको बटर



काठमाडौं । सरकारकै महत्वपूर्ण खाद्य निकाय दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेवल नभएको र म्याद नाघेका बटर भेटिएको छ ।

काठमाडौं महानगरपालिकाको कृषि विभागको अनुगमनका क्रममा डीडीसी गोदाममा त्यति ठूलो परिणाममा म्याद नाघेका उक्त सामाग्री फेला परेको हो ।

वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर भेटिएको विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । एक किलो बटर सर्वसाधारणका लागि ८५० रुपैयाँ पर्छ । डिलरहरुका लागि भने ७८० रुपैयाँ पर्छ ।

भण्डारीले भने, ‘बटरलाई २५/२५ किलोको कार्टुनमा राखिएको छ तर कार्टुनमा लेबल छैन । केही कार्टुनमा भएको लेबलको म्याद समाप्त भएको छ ।’

तर डीडीसीले भने म्याद नाघेको कुनै वस्तु नराखेको दाबी गरेको छ । सुजल डेरीबाट खरिद गरिएको सबै बटर माइनर २० डिग्री सेन्टिग्रेडमा भण्डारण गरिएको डीडीसीले जनाएको छ । उचित भण्डारण गर्दा १८ महिनासम्म घिउ बनाउन सकिने डीडीसीको बालाजु आयोजना प्रमुख गोविन्द जोशीले बताएका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १ : ३८ बजे

जलजला जोड्ने पदमार्ग निर्माण

म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत । मोदी गाउँपालिका-३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध

रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन

गलकोट । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ