२० मंसिर २०८२, शनिबार | December 6, 2025

मोरङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु



मोरङ । मोरङमा कोरोना कोभिड-१९ को संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना संक्रमित महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

संक्रमित महिलाको उपचारका क्रममा मंगलबार साँझ करिब ७ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या रहेकी महिलाको आइतबार बेलुका स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको उनले बताए । आइतबार बिहान मिर्गौलाको डाइलासिसका लागि अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

तर कोरोना पोजिटिभ पुष्टि भएपछि महिलालाई नोबेलकै कोभिड-१९ अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप, मधुमेह, र मिर्गौलाको समस्या रहेकी ती महिलाको कोभिडमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : ५८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति