२९ भदौ २०८३, सोमबार | September 14, 2026

मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौं । मोरङको कानेपोखरी गाँउपालिका–७ मा आइतबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ बर्षीय रुपक श्रेष्ठ रहेका छन् ।

ना ३ ख ६७६ नम्बरको ट्रकले हिजो साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बिराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो ।

ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय बेलबारी मोरङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ३५ बजे

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध