२९ भदौ २०८३, सोमबार | September 14, 2026

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



मोरङ । मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् ।

बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिँउसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चालकलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : १४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ