१ असार २०८३, सोमबार | June 15, 2026

मोरङमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु



मोरङ । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा उपचाररत थप तीन जना संक्रमितकको मृत्यु भएको छ ।

मोरङ उपचाररत झापा, उदयपुर र सिरहाका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृतक एक वृद्धा र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा उनको बिहान ६ बजे मृत्यु भएको हो ।

यस्तै झापाको दमक नगरपालिका-१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको छ । ती पुरूषको बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल ब्यवस्थापक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : १८ बजे

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा