६ बैशाख २०८१, बिहिबार | April 18, 2024

मोरङमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु



मोरङ । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा उपचाररत थप तीन जना संक्रमितकको मृत्यु भएको छ ।

मोरङ उपचाररत झापा, उदयपुर र सिरहाका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृतक एक वृद्धा र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको आइतबार राति मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-११ की ६५ वर्षीया वृद्धाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा उनको बिहान ६ बजे मृत्यु भएको हो ।

यस्तै झापाको दमक नगरपालिका-१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको छ । ती पुरूषको बिहान ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल ब्यवस्थापक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : १८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी