चितवन । नवलपरासीका एक जना कोरोना संक्रमितको चितवनमा मृत्यु भएको छ ।
नवलपरासी मध्यविन्दु नगरपालिका वडा नं. १५ का ७५ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि गत असोज १८ गते अस्पतालमा भर्ना भएका ती पुरुषको पीसीआर परीक्षण गर्दा २० गते कोरोना पोजेटिभ देखिएको थियो ।
कोभिड आईसीयू कक्षमा राखेर उपचार गररहेको अवस्थामा गएराति १० बजेर २० मिनेट जाँदा ती पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।
प्रतिक्रिया