३ चैत्र २०८२, मंगलबार | March 17, 2026

यसवर्ष घटस्थापनादेखि दशैं विदा दिन सरकारलाई सचिवहरुको सुझाव



काठमाडौं । कोरोना भाइरसको महामारी थेगिनसक्नु अवस्थामा पुगेको भन्दै विभिन्न मन्त्रालयका सचिवहरुले घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरु बन्द गर्न सुझाव दिएका छन् ।

कोरोना संक्रमण सरकारी कार्यालयहरुमै धेरै फैलिएपछि सचिवहरुले यसवर्षका लागि घटस्थापनाका दिनदेखि नै कार्याहरु बन्द गर्न मुख्यसचिव शंकरदास बैरागीमार्फत सरकारलाई सुझाव दिएका हुन् ।

सरकारको केन्द्रीय सचिवालय सिंहदरबारदेखि विभिन्न कार्यालयहरुमा यतिबेला धमाधम कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, कोभिड १९ विपद् व्यवस्थापन केन्द्र, काठमाडौं जिल्ला प्रशासन लगायतका प्रशासनिक केन्द्रमा काम गर्ने कैयौं कर्मचारीमा कोरोना संक्रमण भैसकेको छ । कतिपय कार्यालयहरुले आफ्नो सेवा यसअघि नै कटौती गरिसकेका छन् ।

पछिल्ला केही दिन यता संघीय सरकारका २ मन्त्री समेत कोरोना संक्रमित भएका छन् । सचिवहरुले मुख्यसचिव बैरागीलाई भेटेर कार्यालयहरुमा थप संक्रमण फैलिन नदिन विदाको आग्रह गरेका हुन् । तिब्र संक्रमण फैलिन नदिन दशैं विदा लम्ब्याउनु उपयुक्त विकल्प हुने सचिवहरुको सुझाव छ ।

विदा लामो भएपनि यसवर्ष विगतमा जस्तो दशैं मनाउन नहुने स्वास्थ्य विज्ञहरुले सुझाव दिइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं मनाउने क्रममा हुने भेटघाटले संक्रमण फैलिन मद्दत पुग्ने भन्दै जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन निरन्तर आग्रह गरिरहेको छ ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले पनि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा यसपटकको दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गरेका थिए ।

दशैंमा विदा फूलपातीका दिन देखिमात्र ५ दिनसम्म हुनेगर्छ । यसवर्षको नियमित दशैं विदा कात्तिक ७ गते फूलपातीका दिनदेखि कात्तिक ११ गते एकादशीका दिनसम्म रहेको छ ।

यद्यपी, विदा दिने या नदिने भन्नेबारे सरकारले कुनै निर्णय गरिसकसको छैन । विदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गर्नुपर्छ । सरकारले काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको निस्कर्ष निकालिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले त २५ हजार सक्रिय संक्रमित नाघे पुनः लकडाउन लगाउनुपर्ने सुझाव यसअघि नै सरकारलाई दिइसकेको थियो । अहिले सक्रिय संक्रमितहरु ३६ हजार पुगिसकेका छन् ।

यद्यपी, निकै लामो बन्दाबन्दी हटाएपछि कोरोना संक्रमणकै बीचमा पनि आम मानिसको जनजीवन सहज बन्दै गएको अवस्थामा पुनः लामो विदा दिँदा या बन्दाबन्दीको विकल्प उचित नहुने सरकारको बुझाई रहेको छ ।

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : २७ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण